‘२४ लाख खोप बेचेर खाने स्वास्थ्यमन्त्री म विरोध खतिवडा’


काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल ‘२४ लाख खोप बेचेर खाने स्वास्थ्यमन्त्री म विरोध खतिवडा’, भन्ने नारा लेखेको ब्यानरसहित प्रदर्शन गरेको छ ।

मन्त्री खतिवडाको फोटो र उक्त नारा लेखेको ब्यानरसहित युवा संघ नेपालले भ्रष्टाचार र मूल्यवृद्धिको विरोधमा सडक प्रदर्शन गरेको हो ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको नयाँ बानेश्वरमा प्लेकार्ड र ब्यानरसहित सभामुख र सरकारका तीनजना मन्त्रीविरूद्ध नारा जुलुशसहित प्रदर्शन गरेको हो ।  स्वास्थ्यमन्त्री खतिवडासहित सभामुख अग्नीप्रसाद सापकोटा र  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको विरोध गरेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, #भ्रष्टाचार र मूल्यवृद्धि, #राष्ट्रिय युवा संघ नेपाल, #सभामुख अग्नीप्रसाद सापकोटा, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com