स्वास्थ्यका लागि घातक मानिएको अवैध रेडबुल सशस्त्र प्रहरीको नियन्त्रणमा


काठमाडौं । स्वास्थ्यका लागि हानिकारक मानिए क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिङस) रेडबुलसहितका तस्करीको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा आयात गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुलसहितको अवैध सामान बोकेको बा. ३ ख ७३३६ नम्बरको मिनी ट्रक सशस्त्र प्रहरी बलले निमन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको हो ।

सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिङस) र यस्तै प्रकारका पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । नेपालमा प्रतिबन्ध लगाएको रेडबुल खानेपानीको कार्टुन/जारभित्र लुकाई ल्याएको अवस्थामा सशस्त्र प्रहरी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीकाअनुसार सर्लाली कविलासी-८ गौरमा मलङ्गवाबाट नवलपुर जादै गरेको बा. ३ ख ७३३६ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा खानेपानीको कार्टुन/जारभित्र लुकाई ल्याएको चिनी १७ बोरा, रेडबुल (निलो) ८ कार्टुन, रेडबुल (रातो) ४ कार्टुन, लालीपप ५ बोरा अवैध रुपमा फेला परेको हो ।

चेकजाँच सुरु गर्दा चालक फरार भएकाले ट्रक र अवैध सामान मलङ्गवा भन्सार कार्यालयमा बुझाएको र चालकको खोजी भइरहेको सशस्त्र प्रहरी बलका असई राम केवल रायले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

बरामद भएको रेडबुलसहितको अवैध सामानको भन्सार दाखिला मूल्य १६ लाख २१ हजार ७८०  कायम भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख गणेश ठाडा मगरले आफ्नो कार्यक्षेत्रभित्र हुने अवध धन्दा रोक्न सक्रियता देखाउँदै आएको छन् । उत्कृष्ट बाहिनीपतिको हैसियतमा सम्मान समेत प्राप्त गरेका सशस्त्र प्रहरी बलका डीआईजी ठाडा मगरले स्वास्थ्यका लागि हानिकार मानिएको रेडबुललगायतका अवैध धन्दा रोक्न मातहतका युनिटलाई तीव्र रुपमा परिचालन गरेका छन् । त्यसैको परिणाम अवैध धन्दा रोकिएको मात्र छैन मुलुकको राजस्वमा समेत ठूलो टेवा पुगेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #(इनर्जी ड्रिङस), #२ नम्बर बाहिनी प्रमुख, #क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ, #गणेश ठाडा मगर, #तस्करी, #रेडबुल अवैध, #स्वास्थ्यका लागि हानिकारक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com