राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने नियुक्त


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो । उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका थिए ।

समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीनजनामध्ये लामिछानेलाई कुलपति देउवाले प्रतिष्ठानको उपकुलपति बनाएका हुन् । उपकुलपति नियुक्त भएका लामिछानेले पत्र समेत बुझिसकेको प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

यता उपकुलपतिको चर्चामा रहेका श्रेष्ठ भने प्राध्यापक र सहप्रध्यापक भएको मिति एउटै भएकाले विवादमा तानिएका छन् । स्वास्थ्य लाइभले श्रेष्ठको सह-प्राध्यापक र प्राध्यापकको उपाधिमाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयसँग  स्वास्थ्य लाइभले श्रेष्ठको प्राध्यापक भएको रेकर्ड पटकपटक माग्दा समेत रेकर्ड नभेटिएको भन्दै उपलब्ध गराउन सकेको छैन । यो विषयमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको स्वास्थ्यलाई अख्तियार स्रोतले जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #उपकुलपति विकास लामिछाने, #ऋषिकेश नारायण श्रेष्ठ, #कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, #राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, #विकास लामिछाने र नारायणविक्रम थापा, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com