लागुऔषध नियन्त्रणमा आक्रामक बन्दै सशस्त्र प्रहरी, डीआईजी ठाडाको सक्रियतामा ९० जना समातिए


काठमाडौं । लागुऔषध नियन्त्रण गर्न सशस्त्र प्रहरी बल आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश हेर्ने गरी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरको सक्रियतामा उक्त क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिने काम गएको छ ।

अवैध लागुऔषध ओसारपसारदेखि गाँजा बरामदमा डीआईजी ठाडाले विशेष सक्रियता र प्रहरी अधिकारीहरुलाई परिचालन गरी ठूलो मात्रामा लागुऔषध नियन्त्रण लिएका छन् । उत्कृष्ट वहिनीपतिको पुरस्कार समेत थापेका उनले छोटो समयमै लागुऔषधको केसमा ९० जना व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित निकायमा बुझाएका छन् ।

डीआईजी ठाडाको सक्रियतामा करिब १५ सय केजी गाँजा बरामद भइसकेको छ । भारतसँग जोडिएको नाका रहेको पर्साबाट मात्र ५ सय २५ केजी गाँजा सशस्त्र प्रहरी बरामद गरेको छ । त्यस्तै सर्लाहीबाट  ३ सय १० केजी, बाराबाट २ सय ७४ केजी, महोत्तरीबाट २ सय ३३ केजी , धनुषाबाट ५८ केजी, सप्तरीबाट ५३ केजी र सिरहाबाट ४२ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका निरीक्षण रवि थापाले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

गाँजा फडानीमा पनि सशस्त्र प्रहरी निकै सक्रिय देखिएको छ । सशस्त्रकाअनुसार डीआईजी ठाडाले नेतृत्व गरेपछि ६० विघा ७ कठ्ठा १० धुर अवै खेती लगाइएको गाँजा फडानी भइसकेको छ । त्यसमध्ये सप्तरीमा ९ कठ्ठा, १५ सिरहामा १५ विघा १० कठ्ठा ५ धुर, महोत्तरीमा ८ विघा १० धुर, सर्लाहीमा १६ विघा, १४ कठ्ठा, बारामा १४ विघा १२ कठ्ठा ५ धुर र पर्साम  ५ विघा, १ कठ्ठा १० धुर गाँजा फडानी गरिएको सशस्त्र प्रहरीले स्वास्थ्य लाइभलाई विवरण उपलब्ध गराएको छ ।

अन्य लागुऔधषहरु बरामद पनि सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेश अग्रस्थानमा रहेको छ । सशस्त्रको विवरणअनुसार लागुऔषध कोरेक्स २ सय ९४ बोतल, नाईट्रोभेट १६ हजार ९ सय ७१ ट्यावलेट, चरेश २१  के.जी. बरामद गरेको छ ।

सशस्त्रले बरामद गरेको २१ केजी चरेशमध्ये सर्लाहीबाट ११ केजी र पर्साबाट १० केजी बरामद गरेको हो । त्यस्तै फेनार्गन, डाईजोपाम र नर्फिन नामको लागुऔषध ८ हजार ४ सय ४९ को परिणाममा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलले एम्पुल, सिरिन्ज ६ पिस, स्पाम ५० पिस र कोडीवेल, स्पास्मो, एक्सिप्लोन लगायतका लागुऔषध ३ हजार १ सय २४  पिस नियन्त्रणमा लिएको निरीक्षक थापाले जानकारी दिए ।

लागुऔषधसहित व्यक्ति नियन्त्रण लिएका व्यक्तिमा गाँजामा २७ जना रहेका छन् । गाँजासहित समातिएकामा सप्तरीबाट ५ जना, सिरहाबाट ५ जना, धनुषाबाट ४ जना, महोत्तरीबाट  ३ जना, सर्लाहीबाट ५ जना, बाराबट  २ जना, पर्साबाट ३ जना रहेका छन् ।

चरेशलगायत अन्य लागुऔषधसहित सशस्त्र प्रहरी दुई नम्बर वाहिनी मातहतका निकायले ६३ जनालाई नियन्त्रणमा लिएका छन् ।

सप्तरीबाट १४ जना, सिरहाबाट १५ जना, महोत्तरीबाट ८ जना, सर्लाहीबाट ११  जना, रौतहटबाट १ जना बाराबाट २ जना र पर्साबाट १२ जनालाई सशस्त्र प्रहरीले विभिन्न लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

यो नतिजा डीआईजी ठाडा मगरले वाहिनीपतिको नेतृत्व सम्हाल्नेपछिको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #गाँजा फडानी, #चरेश, #डीआईजी गणेश ठाडा मगर, #बरामद, #लागुऔषध, #सशस्त्र प्रहरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com