टेस्टट्युब बेबीको अवैध धन्दा चलाउने वात्सल्यद्वारा कर छलीको आशंका, को को छन् संलग्न ?


काठमाडौं । आईभीएफको अवैध धन्दा चलाउने वात्सल्य नेचुरल आईभीएफ प्रालि कर छलीमा पनि संलग्न भएको आशंका गरिएको छ ।

वात्सल्यलेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति नै नलिई टेस्टट्युब बेबी सेवा सञ्चालन गरेको पुष्टिसँगै कर छलीमा पनि उक्त कम्पनी संलग्न रहेको आशंका गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्सालमा सञ्चालमा रहेको वात्सल्य नेचुरल आईभीएफले स्वास्थ्य मन्त्रालयबाट अनुमति नै नलिई टेस्टट्युब बेबीको अवैध धन्दा चलाइरहेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।  वात्सल्यका थप कागजात खोज्दा फेला नपरेपछि र रेकर्ड मै गडबड रहेको सम्बन्धित निकायहरुबाट जानकारी आएपछि उक्त कम्पनी कर छलीमा पनि संलग्न रहेको आशंका गर्ने बलियो आधार मिलेको छ ।

निःसन्तान दम्पतीहरूको स्वास्थ्य परीक्षण गरि उपचार तथा अनुसन्धान गर्ने मुख्य उद्देश्यसहित खुलेको वात्सल्य नेचुरल आइभीएफले अनुमति वा इजजात प्राप्त गरेर मात्र उक्त उद्देश्य कार्यान्वयन गर्ने खुलाएको छ । तर २०७३ सालमा स्थापना भएर टेस्टट्युब बेबी सेवा दिन थालेको वात्सल्यले २०७८ को अन्तिमतिर मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको छ ।

वात्सल्यले आफ्नै प्रबन्ध-पत्रमा उल्लेखित सर्तलाई चुनौती दिँदै टेस्टट्युब बेबीको अवैध धन्दा चलाएको उक्त तथ्यबाट प्रस्ट हुन्छ ।

एक करोड रुपैयाँ अधिकृत पुँजी र ५० लाख चुक्ता पुँजीसहित खुलेको वात्सल्य नेचुरल आइभीएफ प्रालिले गरेको आर्थिक गतिविधि निकै शंकास्पद देखिन्छ ।

वात्सल्यले सन् २०१७ मा नेपालमा आईभीएफ सेवा दिन थालेको हो । १ कराेड लगानीमा सुरु गरेकाे आईभीएफ अहिले ५ कराेडमा पुगेकाे वात्सल्यको सार्वजनिक दाबी छ । तर, अहिलेसम्म स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएकाे छैन । मन्त्रालयकाअनुसार स्थापनाकाे ५ वर्षपछि किन अनुमति मागियाे खाेजीकाे विषय हो । यसबिचमा वात्सल्यले सयौंको संख्यामा रहेका निःसन्तानलाई अवैध रुपमा सेवा दिएर ठगी गरिरहेको आरोप लाग्दै आएको छ ।

प्रतिव्यक्ति तीनदेखि चार लाख रुपैयाँसम्म लिएकाे वात्सल्यले १ अर्ब बढी रकम उठाएकाे बुझिन्छ ।  वात्सल्यले आर्थिक विवरण सम्बन्धित निकायहरुसँग नै फरकफरक हुन आएकाले कर छली गरेको आशंका गरिएको छ । वात्सल्यको कर छलीको विषयमा सम्बन्धित राजस्व अनुसन्धान विभागले छानबिनको दायरामा ल्याएपछि थप प्रस्ट हुनेछ ।

जनस्वास्थ्य नियमावलीले टेस्टट्युब बेबी सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्ने कुरा प्रस्ट रुपमा उल्लेख गरेको छ । तर २०७३ सालमै सञ्चालनमा आएको वात्सल्यले स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म अनुमति पाएको छैन । उक्त जनस्वास्थ्य सेवा नियमावलीअनुसारको  मापदण्ड नै पूरा नगरी वात्सल्यले आईभीएफको अवैध धन्दा चलाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने वात्सल्यको अवैध धन्दामाथि मुकदर्शक र नतमस्तक बनेर बसेको छ ।

को को छन् 

वात्सल्य नेचुरल आईभीएफमा मुख्य चिकित्सकका रुपमा सप्तरीका सुरेश कुमार यादव रहेका छन् । मेनुका थापा मगर नर्सको रुपमा पूरा रहेको स्वास्थ्य लाइभलाई प्राप्त कागजतबाट देखिन्छ ।

बारा पिपरा सिमराका प्रशान्त सुवेदी वात्सल्यको सञ्चालक अध्यक्ष रहेको कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट देखिन्छ । त्यस्तै झापा जिल्ला तोपगाछीकी सृष्टी खड्का वात्सल्य नेचुरल आईभीएफको सञ्चालक सदस्य रहेको पाइन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## अवैध धन्दा, #कर छली, #टेस्टटुयुब बेबी, #प्रशान्त सुवेदी, #मेनुका थापा मगर, #वात्सल्य आईभीएफ, #सुरेश कुमार यादव, #सुष्टी खड्का

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com