कोरोनाकाल पछाडिको महाशिवरात्रिमा पाशुपत क्षेत्र


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)का कारण विश्व नै अस्तव्यस्त बन्यो । कोभिडको कारण देखाउँदै धार्मिक तथा सांस्कृतिक स्थलहरूमा समेत भीडभाड हुनबाट रोक्ने भन्दै दर्शनमा रोक लगाउने काम भयो । नेपालका पशुपतिनाथ लगायतका मन्दिरमा जान प्रतिबन्ध लगाइयो । तर यस पटक महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रमा विशेष रौनकता थपिएको छ ।

हिन्दु धर्मावलम्बीहरुको मुख्य धार्मिक स्थल पशुपतिनाथमा प्रवेश निषेध गरिनुका साथै अघिल्लोपटकको महाशिवरात्रि समेत प्रभावित बनेको थियो । तर यो पटक महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर र परिसर झकिझकाउ पारिएको छ ।

पशुपति क्षेत्र फूलमाला र रंग रोगन गरेर एकदमै आकर्षक बनाइएको छ । कोरोना संक्रमणका कारण सुनसान बनेको पशुपतिनाथ मन्दिर र पाशुपत क्षेत्र कोरोनाकालपछि बेग्लै देखिएको हो ।

फूल, माला, रंग, रोगन, चित्र, पेन्टिङलगायतले गर्दा पावन पशुपति क्षेत्र विगतभन्दा फरक अवस्थामा देख्न सकिन्छ ।

शिवरात्रीको पावन अवसरमा अन्य मुलुकबाट आएका ‘नागा बाबा’लगायतका पाहुनालाई पनि विशेष सम्मान गरिएको छ ।

शिवरात्रीमा पशुपतिलाई थप व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष लगायतका अन्य संस्थाहरू सक्रिय छन् ।

क्याटेगोरी : जीवनशैली
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #पशुपतिनाथ मन्दिर, #शिवरात्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com