चार अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त


काठमाडौंस्वास्थ्य तथा जनसख्या मन्त्रालयले चार अस्पताल विकास समितिमा पदाधिकारी मनोनयन गरेको छ । नेपाल सरकार मन्त्रीस्तर फागुन १८ गतेको निर्णय अनुसार चार अस्पताल विकास समितिमा पदाधिकारी मनोनयन गरिएको छ । त्यस्तै समितिमा रहेर पनि कामै नगरेका चार जनालाई बर्खास्त गरिएको छ । 

स्वास्थ्य लाइभलाई प्राप्त सुचना अनुसार कोशी अस्पताल विकास समितिको अध्यक्षमा भिष्मजङ्ग कार्की, सदस्यहरुमा लिला ढुङ्गेल वाग्ले, रामविलास यादव र दिपेन्द्रकुमार मेहता छन् । यता भरतपुर अस्पताल विकास समितिको सदस्यमा गोपालकुमार शाही, प्रेमराज तिमिल्सिना मनोनित भएका छन् । नारायणी अस्पताल विकास समितिमा रमेश प्रसाद चौधरी र रोशनी कुमारी सदस्यमा मनोनित भएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षदेखि सदस्यसम्म मनोनित भएका छन् । अध्यक्षमा किशोर थापा, सदस्यहरुमा इमरान खाँ, दिपा केसी, सूर्यलाल यादव मनोनित भएका छन् । उक्त अस्पतालको यस अगाडीका पदाधिकारीलाई बर्खास्त गरिएको छ । काम नगरेर बर्खास्त गरिएकाहरु अध्यक्ष भक्तबहादुर केसी, सदस्यहरु पूर्णचन्द्र पोखरेल, मोहम्मद मुविन खाँ र चरित्रा शाह रहेका छन् । उनिहरुलाई ०७७ जेठ ८ गते नियुक्त गरिएको थियो । तर, यसबिचमा उनीहरुले कुनै काम गर्न नसकेपछि बाध्य भएर  हटाएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्याटेगोरी : समाचार
ट्याग : ## कोशी अस्पताल, #अस्पताल विकास समिति, #नारायणी अस्पतात, #पदाधिकारी, #भरतपुर अस्पताल, #सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com