सशस्त्र प्रहरीद्वारा लागुऔषध चरेश बरामद


काठमाडौं । सशस्त्र प्रहरी बलले लागुऔषध चरेश बरामद गरेको छ । पर्साको पर्सा छिपहरमाई गा.पा.- सिक्टापुल स्थित बि.ओ.पि. भिष्वाबाट सशस्त्र प्रहरी निरिक्षक राजेश्वर प्रसाद साहको कमाण्डमा खटिएको  गाडी मोबाईल टोलीले लागु ‍औषध (चरेश) बरामद गरेको हो ।

भारततर्फ पैदल जादै गरेको एक जना व्यक्तिले आफूले बोकेको झोला सोही स्थानमा फाली  भागेकाले सशस्त्रले उक्त झोला चेकजाँच गर्दा झोला भित्र प्लास्टिकमा बेरिएको लागु ‍औषध (चरेश) जस्तो देखिने २ पाकेट लागुऔषध, कटुवा पेस्तोल१ थान  र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ मि.मि. राउण्ड १ थान फेला परेको हो ।  उक्त लागुऔषध र हतियार बरामद गरी आवश्यक कारबाही गरिएको जनाएको छ ।


त्यस्तै सशस्त्र प्रहरीको टोलीले  भारतीय नम्बर प्लेटको गाडीमा २ जना व्यक्तिले झोलामा लुकाई छिपाई ल्याएको ५ के.जि. प्रतिबन्धित लागुऔषध (गाँजा) फेला परेकोले उक्त लागु औषध (गाँजा), मो.सा. र २ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरेको छ ।
पर्सा वीरगञज महानगरपालिका वडा नं.-१७ स्थित कोनियामा बि.ओ.पि. अलौबाट स.प्र.ब.ह. पदम सिह महराको कमाण्डमा खटिएको  चेकप्वाईन्ट टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा खल्तीमा राखी नाईट्रोभेट – १३५ ट्यावलेटको लागुऔषधसहित तस्करलाई नियन्त्रणमा लिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अवैध गाँजा बरामद, #लागुऔषध, #सशस्त्र प्रहरी बल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com