भोजपुर स्वास्थ्य शिविरमा डा. भगवनाद्वारा दलितबाट सेवा सुरु 


काठमाडौं ।  नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको अगुवाइमा भोजपुरमा सञ्चालित वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा डा. भगवना कोइरालाले दलित बृद्धबाट सेवा सुरु गरे ।

स्वास्थ्य शिविरको समन्वय गरेका दावाँली मिलन क्लबका अध्यक्ष डा. रोशन श्रेष्ठले डा. भगवानले शिविरमा दलितबाट स्वास्थ्य सेवा सुरु गरेको जानकारी दिए । उनका अनुसार भोजपुरमा सञ्चालित स्वास्थ्य शिविरमा दावाँका भीमबहादुर मिजारबाट डा. भगवानले स्वास्थ्य सेवा सुरु गरेका हुन् ।

मिजार पहिलो ‘प्यासेन्ट’ भएको बताउँदै उनले यो गज्जबको संयोग जुरेको टिप्पणी गरे । तीन हजार बढीले निःशुल्क स्वास्थ्य उपचार पाएको भोजपुर स्वास्थ्य शिविरका अनेकौं किस्सा छन् । चिकित्सकहरूका लागि पनि सम्झिरहनु पर्ने क्षण बनेको भोजपुर स्वास्थ्य शिविर निकै भव्य रुपमा सम्पन्न भएको थियो ।  भोजपुर नगरपालिकाका मेयर कैलाश आले मगरले सांगितक साँझमा चिकित्सहरुलाई मनोरञ्जन प्रदान गरे ।

हास्य कलाकार मनोज गजुरेललगायतको प्रस्तुतिले स्वास्थ्य शिविरमा सेवा लिन आएका बिरामीको घाउमा केही हदसम्म ‘मलम’ लगाउने काम गर्‍यो । भोजपुर स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको खटाइ तारिफ योग्य रह्यो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कैलाश आले मगर, #डा. भगवान कोइराला, #डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ, #भोजपुर स्वास्थ्य शिविर, #रोशन श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com