ओम्नीसँग सेटिङ गर्ने इश्वरी हावी हुँदा निर्वाचनमा भद्रगोल 


काठमाडौं । औषधि खरिद घोटालामा मुछिएको ओम्नी ग्रुपसँग सेटिङ मिलाउने निर्वाचन आयुक्त इश्वरी पौडेल हावी हुँदा निर्वाचनमा भद्रगोल अवस्था सिर्जना भएको छ ।

विद्युतीय भोटिङ मेसिन प्रयोगदेखि औषधि उपचार खर्चसम्ममा इश्वरीको प्रभाव परेको छ । ओम्नी समूहसँग बिग्रेको सेकेन्ड ह्यान्ड प्रिन्टर झन्डै २५ करोडमा खरिद गरेर ब्रह्मलुट मच्चाउन भूमिका खेलेका निर्वाचन आयुक्त पौडेल अहिले फेलि सल्बलाउन थालेका छन् । सुरक्षाकर्मीलाई दिइने औषधि लगायतका भत्ता कटौती गरेर पदाधिकारीको भत्ता बढाउन प्रस्ताव गरेर आयुक्त पौडेलले निर्वाचन आयोगलाई विवादमा ल्याउन काम गरेर चर्चा आयोगभित्र छ ।

अहिले पनि पौडेलले ओम्नी समूहका तिलहरिसँग साँठगाँठ गरेका छन् । ओम्नीसँग निकट सम्बन्ध रहेका सूचना प्रविधि आदेश खड्कालाई इश्वरीकै डिजाइनमा आयोग भित्र्याउने काम भएको आयोगभित्र निकै चर्चा छ ।

ओम्नीसँग प्रिन्टर खरिद गर्दा इश्वरीलाई साथ दिने अवकाश प्राप्त उपसचिव देशबन्धु अधिकारीलाई मासिक १ लाख बुझ्ने गरी निर्वाचन विज्ञका रुपमा नियुक्ति गरेको पाइएको छ ।  हरेक विषयमा तुलहरिसँग सल्लाह लिएर  निर्वाचन आयोगलाई भद्रगोल पार्ने योजनामा इश्वरी हावी भएको आरोप लाग्न थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आदेश खड्का, #इश्वरी पौडेल निर्वाचन आयुक्त, #ओम्नी समूह तुलहरि, #निर्वाचन आयोग, #प्रिन्टर घोटाला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com