स्वास्थ्यको बाह्रौं तहमा बढुवा प्रक्रिया अघि बढ्यो, को बन्ला प्रमुख विशेषज्ञ ?


काठमाडौं । स्वास्थ्य सेवाको बाह्रौं तहको प्रमुख विशेषज्ञ रिक्त एउटा पदमा बढुवाको प्रक्रिया सुरु भएको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ को (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालयले सूचना निकालेको हो । २०७८ साल अषाढ मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुलाई १५ दिनभित्र कर्मचारी प्रशासन शाखामा व्यक्तिगत विवरण पेश गर्न सूचनामा भनिएको छ ।

प्रमुख विशेषज्ञ भीमसिंह तिंकरीले अवकाश पाएपछि रक्त उक्त पदमा बढुवाको प्रक्रिया अघि बढेको हो । बाह्रौं तहको एउटा पदमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता कौशल मिश्रा, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विकास देवकोटा, डा. कृष्ण पौडेललगायतको मुख्य दाबेदारी रहेको छ ।

अघिल्लो पटक बाह्रौं तहको रिक्त रहेको तीन पदका लागि ५ जनाको नाम सिफारिस भएको थियो । डा. श्याम सुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. भीम सिंह तिंकरी, डा. संगिता कौशल मिश्रा र डा. गुणराज लोहनीको नाम बढुवाका लागि सिफारिस हो ।   त्यसमध्ये पहिलो नम्बरका डा. श्याम सुन्दर यादव, तिंकरी र अन्तिम नम्बरका डा. लोहनीको प्रमुख विशेषज्ञमा बढुवा भएको थियो ।

त्यो बेला प्रमुख विशेषज्ञमा बढुवाका लागि २१ जनाको दाबी परेको थियो । बाह्रौं तह बढुवाका लागि दाबी गर्नेमा डा. कृष्ण प्रसाद पाैडेल, निर्देशक, इडिसिडी (बालरोग विशेषज्ञ), डा. संजय कुमार ठाकुर, जनरल फिजिसियन, वीर अस्पताल,डा. श्याम सुन्दर यादव, सर्जन, भेरी अस्पताल, डा. तारानाथ पोख्रेल,सार्क टिबी एड्स नियन्त्रण केन्द्र, डा. दिप थापा मगर, सर्जन, वीर अस्पताल, डा. श्रीकृष्ण श्रेष्ठ, बाल राेग विशेषज्ञ,पश्चिमाञ्चल क्षेत्रिय अस्पताल रहेका थिए ।

त्यस्तै बाह्रौं तहमा बढुवाका लागि विवरण पेश गर्नेमा डा. सुधा देवकाेटा, निर्देशक, एड्स तथा याैन राेग नियन्त्रण केन्द्र, डा. भिमसिंह तिंकरी, निर्देशक, व्यवस्थापन महाशाखा, डा. संगिता काैशल मिश्रा, निर्देशक, प्रसुति गृह अस्पताल, डा. आमिर बाबू श्रेष्ठ, एनेस्थेसियाेलाेजिष्ट, पराेपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, महानिर्देशक, आयुर्वेद विभाग, डा. रघुनन्दन ब्याजु, कन्सल्ट्यान्ट, भरतपुर आँखा अस्पताल, डा. गुणराज लाेहनी, प्रमुख अस्पताल प्रशासक, स्वास्थ्य मन्त्रालय, डा. विकास देवकोटा, सचिव, लुम्बिनी प्रदेश समेत रहेका थिए ।

त्यसैगरी डा. टंक प्रसाद बाराकाेटी, मेडिकल सुपरिटेन्डेन्ट, मेची अस्पताल, डा. प्रभा चापागाईं काेइराला, वीर अस्पताल, गाेमा देवी निराैला, निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, डा. शैली प्रधान, वीर अस्पताल, डा. राम पद्मारथ (आरपी) बिच्छा, महानिर्देशक, स्वास्थ्य सेवा विभाग, डा. सुदेश सुवेदी, काेशी अस्पताल, डा. सुनिलराज शर्मा, निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले समेत बढुवाका लागि योग्यता पुगेको दाबी गरेका थिए ।

अघिल्लो पटक दाबी गर्ने डा. श्याम सुन्दर यादव, डा. भीम सिंह तिंकरी र डा. गुणराज लोहनी बढुवा भएर तिंकरीले अवकाश पाइसकेका छन् । तारानाथ पोखरेल पनि घर गइसकेका छन् । त्यस्तै डा. राम पद्मारथ (आरपी) बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञ नियुक्त गरेका छन् । स्वास्थ्यमा कासमू नम्बरले धेरै फरक पर्ने भएकाले बढुवामा निकै रोचक देखिने गरेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## डा. श्याम सुन्दर यादव, #डा. भीम सिंह तिंकरी, #डा. श्रीकृष्ण श्रेष्ठ, #डा. संगिता कौशल मिश्रा र डा. गुणराज लोहनी, #बढुवा, #बाह्रौं तह ( प्रमुख विशेषज्ञ ), #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com