श्रीकृष्ण अघिअघि संगिता पछिपछि ! (कुल प्राप्तांक कति ?)


काठमाडौं स्वास्थ्य सेवा बाह्रौं तहको प्रमुख विशेषज्ञ रिक्त एक पदमा अहिले आवेदन खुला गरिएको छ । पाँच महिना अगाडि गरिएको विज्ञापनमा २१ जनाले योग्य रहेको दाबी गरेका थिए । उक्त समयमा तीनजनालाई बाह्रौं तहमा बढुवा गरिएको थियो ।

प्रमुख विशेषज्ञ डा. भिमसिंह तिंकरीको सेवा अवकाशपछि रिक्त रहेको एक पदका लागि बढुवा समितिले सूचना जारी गरेको हो । १५ दिनको समय दिएर बढुवाका लागि अवधि पूरा भएका स्वास्थ्य अधिकारीहरुसँग निवेदन माग गरिएको छ । सम्भवतः पाँच महिनाको अवधि भएकाले पुरानै अनुहार दोहोरिने निश्चित जस्तै छ ।

हामीले पुरानै अनुहार हेरेर सिनियर छुट्याएका छौं । भलै मन्त्रालयले नयाँ कार्यसम्पादन मूल्यांकन, दुर्गमका नम्बर जोडेको खण्डमा नामै नसुनिएका अनुहारहरु पनि अगाडि आउँन सक्छन् । तर, आइतबारसम्म सम्भावित अधिकारीले पाएको कुल प्राप्तांक हेर्दा डा. श्रीकृष्ण श्रेष्ठ अघिअघि र डा. संगिता कौशल मिश्रा पछिपछि दौडिरहेकी छन् । यी हुई जनाको नम्बर थोरै मात्रै फरक छ ।

श्रेष्ठ र मिश्रा अघिल्लो पटक बाह्रौं तहका लागि सिफारिसमा परेका अनुहार हुन् । पाँचजना उमेदवारमध्ये मिश्रा एक्ली महिला सिफारिस भएकी थिइन् । त्यस बेला माओवादी कोटाबाट डा. गुणराज लोहनीलाई ल्याउनै पर्ने बाध्यात्मक परिस्थितिले चौथो नम्बरमा रहेकी मिश्रा आउँट भएकी हुन् । जसले गर्दा पाचौं नम्बरमा रहेका डा. लोहनी बाह्रौं तह प्रमुख विशेषज्ञ भए । संगितालाई अर्कोपटक बनाउने बाचा गरेर तीनैजना पुरुष सिफारिस गरियो ।

अहिले भएको एकजनाको प्रतिस्पर्धामा भने डा. मिश्रालाई बनाउँनै पर्ने जस्तो देखिएको अधिकारीहरु बताउँछन् । स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार डा. श्रीकृष्ण श्रेष्ठको कुल प्राप्तांक ८६ रहेको छ । त्यस्तै उनलाई पछ्याइरहेकी डा. संगिता कौशल मिश्राको ८५.३ रहेको छ ।

यता डा. विकास देवकोटाले पनि दुवैलाई पछ्याइरहेका छन् । उनी ८४ प्राप्तांकसहित तेस्रो नम्बरमा उभिएका छन् । डा. कृष्ण पौडेलले भने ७९.५ प्राप्तांक पाएका छन् । पौडेलबिचमा अध्ययन विदामा गएकालेपछि परेका छन् । उनले नम्बर बढाउँन एकपटक अझै दुर्गम जानै पर्ने देखिएको छ ।

हाल सबै भन्दा सिनियर सुनिल शर्मा रहेका छन् । तर, अघिल्लो पटक उनको कासमु फारम नभेटिएपछि सहभागी भएनन् । अहिले नयाँ नम्बर जोडिन्छ वा पुरानैबाट अगाडि बढ्छ त्यसमा एकिन भएको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रमुख विशेषज्ञ, ##डा संगिता कौशल मिश्रा, ##स्वास्थ्य सेवा बाह्रौं तह, #डा. कृष्ण पौडेल, #डा. श्रीकृष्ण श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com