अख्तियारले किर्ते प्राध्यापक उपकुलपति गिरीलाई जोगाएको आरोप


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई जोगाएको आरोप लागेको छ ।

अख्तियारमा ९ महिना अघि वीपीका किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीमाथि उजुरी हालेपनि अहिलेसम्म केही कारबाही नहुनुले अख्तियारले किर्ते प्राध्यापक उपकुलपति गिरीलाई जोगाउन खोजेको निवेदन शशि बिक्रम कार्कीको आशंका छ ।

कार्कीले २०७८ असार ११ गते  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति अवैधानिक रुपमा आफ्नो नामको अगाडि प्राध्यापक लेख्न  गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गरेका थिए । गत पुस ११ सूचनाको हक प्रयोग गरी अनुसन्धानको स्थिति बुझ्न खोज्दा अख्तियारले सूचना नदिएको उनको आरोप छ । यसले अख्तियारले किर्ते प्राध्यापक उपकुलपति गिरीलाई जोगाउन खोजेको निवेदकको आरोप छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति, डाक्टर गिरीले आफ्नो कार्यकक्षमा पहिले र अहिले प्रयोग गर्ने नाम प्लेटको फोटोहरु आफूले पेस गरेको भन्दै निवेदनक कार्कीले आयोगले आफ्नो कानुन बमोजिम कारबाही अगाडि नबढाउनुको कारण के के हो भनेर अख्तियारलाई प्रश्न समेत तेर्स्याएका छन् ।

के आयोग अधिकार दुरुपयोग गर्नेहरूको बचाउमा लागेको हो ? निवेदक कार्कीले सूचना अधिकारीमार्फत अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरुलाई प्रश्न गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## किर्ते प्राध्यापक, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #आयुक्त प्रमुख आयुक्त, #उपकुलपति डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com