रोल्पामा एउटा गतिलो अस्पताल छैन भ्यू टावरमा राज्यकोषको पैसा स्वाहा 


काठमाडौं । माओवादी जनयुद्धको उद्गम थलो रोल्पामा एउटा गतिलो अस्पताल बन्न सकेको छैन । स्वास्थ्य र  शिक्षामा ठूलो परिवर्तन गर्छु भनेर सुरू भएको माओवादी जनयुद्ध आज आएर भ्यू टावरमा खुम्चिएको छ ।

परिवर्तन र सुधार गर्छु भनेको स्वास्थ्य र शिक्षामा कुनै लगानी गर्न नसकेको माओवादीले रोल्पामा राज्यकोषको करोडौं रुपैयाँ भ्यू टावरमा स्वाहा पारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पा पुगेर जनयुद्ध स्मृति भ्यू टावरको उद्‌घाटन गरेका छन् । उनले भ्यू टावर उद्‌घाटनका क्रममा रोल्पालाई ध्वंश गर्न मात्र होइन निर्माण गर्न पनि आउँछ भन्ने अभिव्यक्ति दिएका छन् ।

रोल्पामा जनयुद्ध स्मृति भ्यू टावरको सट्टा रोल्पामा जनयुद्ध स्मृति अस्पताल बनाएर रोल्पाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको भए त्यो ठूलो उपलब्धि हुने थियो । तर देशैभर बहसको विषय बनेको अनावश्यक भ्यू टावरमा राज्यकोषको करोडौं रकम स्वाहा पार्ने काम रोल्पामा पनि भएको छ ।

रोल्पामा भ्यू टावरको ठाउँमा एउटा स्तरीय अस्पताल बनाउन माओवादी केन्द्रले भूमिका खेलेको भए जनयुद्धले केही हदसम्म सार्थकता पाउने थियो । पछिल्लो समय आलोचित बन्दै गएको भ्यू टावरले रोल्पामा पनि आलोचना खेप्ने निश्चित छ । भ्यू टावर निर्माण गर्नुभन्दा अस्पताल र स्कुल सुधार गर्नु अहिलेको आवश्यकता हो ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #जनयुद्ध, #पुष्पकमल दाहाल प्रचण्ड, #भ्यू टावर, #माओवादी केन्द्र, #रोल्पा अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com