मेडिकल व्यवसायी दुर्गा प्रसाई तरकारी बेच्दै, २ अर्बको लगानीमा ५ हजारलाई रोजगारी दिने


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई तरकारी बेच्ने तयारीमा लागेका छन् । २ अर्बको लगानीमा ५ हजारलाई प्रत्यक्ष रोजगारी दिने गरी उनले भक्तपुरको सूर्यविनायक नजिकै तरकारी बजार सञ्चालनमा ल्याउन लागेका हुन् ।

५० रोपनी जग्गामा सञ्चालनमा आउन लागेको तरकारी बजार बुधबार एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्‌घाटन गर्ने कार्यक्रम रहेको प्रसाईले जनाए ।

तरकारी बजारनै सञ्चालनमा ल्याएर तरकारीमा किसानलाई लाभ हुनेगरी बिचौलियाराजको अन्त्य गर्ने लक्ष्य रहेको उनले सुनाए । कोरोना महामारीको कारण तरकारी बजार सञ्चालनमा ढिलाइ भएको प्रसाईको भनाइ छ ।  झापाको बिर्तामोडस्थित बिएण्डी मेडिकल कलेज खोलेका प्रसाईले काठमाडौंमा तरकारी बजार सञ्चालनमा ल्याएर आफूलाई फरक रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

प्रसाई परिवारको भक्तपुरमा धेरै जग्गा रहेको देखिन्छ । बिएण्डसीका मालिक दुर्गा प्रसाई मेडिकल कलेज तथा अस्पताल सञ्चालकबाट भोलिदेखि तरकारी बजार सञ्चालक हुँदैछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #एमाले अध्यक्ष केपी ओली, #झापा, #तरकारी पसल, #दुर्गा प्रसाई, #बिएण्डसी मेडिकल कलेज, #भक्तपुर, #मेडिकल व्यवसायी, #विर्तामोड, #सूर्यविनायक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com