दुर्गा प्रसाईको २ अर्बको तरकारी बजार केपी ओलीद्वारा उद्‌घाटन


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले २ अर्बको लगानीमा खोलेको तरकारी बजार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको उक्त तरकारी बजार आज ओलीले उद्‌घाटन गरेका हुन् । मेडिकल व्यवसायी प्रसाईले आफूले सञ्चालनमा ल्याएको तरकारी बजार देशकै ठूलो भएको दाबी गरेका छन् ।

एमाले नेता महेश बस्नेतको टोलीले मोटरसाइकल स्कर्टिङ गरेर ओलीलाई प्रसाईले खोलेको ‘सूर्यविनायक हरित कृषि थोक बजार’ उद्‌घाटनस्थलमा पुर्‍याएका थिए । प्रसाईले खोलेको तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको र बजारभित्र साढे सात सय स्टल रहेको उनले बताए । तरकारी बजार २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने र साढे ४ हजार कर्मचारीले सेवा दिने प्रसाईको भनाइ छ।

क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #तरकारी बजार, #दुर्गा प्रसाई, #मेडिकल व्यवसायी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com