देशको ‘होल’ स्वास्थ्य सिस्टम सम्हाल्ने सर्वर म्यानेजर सरकारसँग छैन् !


काठमाडौं । देशको ‘होल’ स्वास्थ्य सिस्टम सम्हाल्ने सर्वर म्यानेजर नेपाल सरकारसँग नहुँदा नेपालीहरुको डाटा सुरक्षित गर्न कठिनाइ भएको स्वास्थ्यको तथ्यांक क्षेत्रमा काम गर्ने अधिकारीहरुले बताएका छन् ।

एकीकृत स्वास्थ्य सूचना प्रणाली यस्तो सिस्टम हो, जुन सबै नेपालीहरुको स्वास्थ्य अवस्थाकोबारेमा समेटिएको हुन्छ । यसमा देशैभरका सूचीकृत अस्पतालहरुले ओपिडीमा आएका बिरामीको विवरण समावेश गर्छन् । यही आधारमा देशको नीति निमार्ण तयार हुन्छ ।

स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार एचएमआइएसको भ्युवर अनुमति ६ हजारले पाएका छन् । ३ हजारबढी स्वास्थ्य संस्थाले सिस्टममा तथ्यांक आफै समावेश गर्दै आएका छन् । तर, यसरी आएका डाटा सच्याउने अधिकार एचएमआइएस प्रमुखसँग मात्रै हुन्छ । ’एचएमआइएस प्रमुखले यो आफै मिलाउन जान्नुहुन्न’, एक अधिकारीले भने । यसका लागि बाह्य व्यक्ति अर्थात एनजिओ, आइएनजिओका कर्मचारीको साथ लिनुपर्छ उनले भने ।

सिस्टमको विकास गर्नका लागि सर्वर म्यानेजर चाहिन्छ जुन जनशक्ति स्वास्थ्यमा छैनन् । जनशक्तिको सुनिश्चितता बिनै ‘डिएचआइएस२’ विकास गर्दा समस्या देखिएको छ । ‘नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘सरकार आफैले सिस्टम चलाउनु पर्ने हो तर, सर्वर म्यानेजर नभएकै कारणले हामीले डब्लुएचओ, जिआइजेटसँग सहयोग माग्नु परेको छ ।’

स्वास्थ्य लाइभ को व्यक्तिले सर्वर चलाउँछ भन्नेमा चासो राख्दैन तर, सरकारी सिस्टम सरकारकै तलबभत्ता खानेले चलाउनु पर्छ भन्नेमा स्पष्ट छ । उनले थपे, हामीले सिस्टम एनजिओ,आइएनजिओबाट बाहिर ल्याउनु पर्छ त्यसका लागि आफैले जनशक्ति तयार पार्नुपर्छ ।

यसरी चलेकोछ सिस्टम

‘नेपालमा ‘डिएचआइएस२’ को निमार्ण तथ्यांक अधिकृत मुक्तिनाथ खनालले निमार्ण गरेका हुन् । तर, अहिले उहासँग पनि युजर छैन’, एकीकृत स्वास्थ्य सूचना प्रणालीमा आवद्ध एक कर्मचारीले भने ।

सुरुमा मुक्ति खनालले सिस्टम तयार पार्नुभएको हो । तर, पछि युजर एचएमआइएस प्रमुखसँग रहने र एचएमआइएस प्रमुखको अनुमतिमा एनजिओ, आइएनजिओका कर्मचारीले प्रयोग गर्ने भन्ने हो त्यही अनुसार काम हुँदै आएको छ । यसरी भने तथ्यांक सुरक्षित छैन र हुदैन ।

मन्त्रालयले करारमा तीनजना सर्वर म्यानेजर राख्नुपर्छ भनेर विज्ञापन गर्ने तयारी गरेको छ । ’सर्वर म्यानेजर र कम्युटर इन्जिनियर आएपछि हामीले आफ्नो नियन्त्रणमा सिस्टमलाई ल्याउने छौं’, सूचना प्रणालीका अधिकारीहरुले भनेका छन् । आम नेपालीका गोप्य विवरण सुरक्षित राख्न नेपालीलाई विश्वास दिलाउन स्वास्थ्य मन्त्रालय आफैले आफ्नो सिस्टम संचाल गर्न सर्वर म्यानेजर नियुक्ति गर्न जरुरी भएको छ ।

सर्वर म्यानेजर अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयभित्र कहिपनि दरबन्दी छैन । अहिले एकीकृत सूचना प्रणालीमा भएका कर्मचारीहरु सबै तथ्यांक अधिकृत छन् । उनीहरु आइटी जान्दैनन् । आइटीको दरबन्दी राख्ने ठाउँमा कम्प्युटर अधिकृतको दरबन्दी राखिएको छ । कम्प्युटर अधिकृतले आइटी चलाउँन जान्दैनन् । सूचना प्रणालीमा तथ्यांक अधिकृत तीनजना र कम्प्युटर अधिकृत दुईजना छन् ।

सर्वरमा खराबी आएको बेला मात्र हैन इन्टरनेट नचल्दा समेत बनाउने टिम स्वास्थ्य मन्त्रालयसँग छैन । यसले गर्दा पनि एनजिओ, आइएनजिओको दबदबा स्वास्थ्यमा छ । तर, यस्तो अवस्थामा एचएमआइएस प्रमुखको अनुमति लिएर एनजिओ, आइएनजिओले खटाएका प्रतिनिधिले प्रयोग गर्दै आएका छन् । तर, यो प्रवृत्ति बिलकुल गलत छ । तथ्यांक सुरक्षित हुने आधार पटक्कै छैन ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com