प्रधानमन्त्री र राष्ट्रपतिसँग डब्ल्यूएचओको महानिर्देशक टेड्रोसको शिष्टाचार भेट


काठमाडौं । नेपालमा भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

३ दिने नेपाल भ्रमणका काठमाडौं उत्रिएका उनले आज महत्त्वपूर्ण भेटवार्ता गरेका हुन् । महानिर्देशक टेड्रोसले प्रधानमन्त्री निवास बालुवाटार र शितल निवास पुगेर प्रधानमन्त्री र राष्ट्रपतिलाई छुट्टा छुट्टै शिष्टाचार भेटवार्ताका गरेका छन् ।

  

राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी स्कुलमा राखिएको टाइफाईड भ्याक्सिनको उद्‌घाटन समारोहमा पुगेका छन् ।

आजै २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ । महानिर्देशक टेड्रोस त्यसपछि स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा राखेर अनौपचारिक रात्रीभोजमा सहभागी भएर आराम गर्नेछन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, #राष्ट्रपति विद्यादेवी भण्डारी, #शिष्टाचार भेटवार्ता

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com