डा. भोला रिजाल किन उभिए राजेन्द्र लिङ्देनको पक्षमा ?


काठमाडौं । वरिष्ठ चिकित्सक डा. भोला रिजाल स्थानीय तह चुनावका मुखमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् ।

सार्वजनिक रुपमै आफू कुनै पार्टीमा नरहेको भएपनि लिङ्देनले गरेको सार्वजनिक प्रतिज्ञाबाट उनको पक्षमा रहेको डा. रिजालको भनाई । एउटा जनजातिको छोरा जसले भ्रष्टाचार गर्दा आमाको रगत खाएसरह हुन्छ भनेर प्रतिज्ञा गरेकाले उसैले देश उकास्न सक्ने डा. रिजालको तर्क छ । उनले लिङ्देनलाई कृष्ण प्रसाद भट्टराईले मेलम्ची खानेपानीमा गरेको प्रतिज्ञासँग समेत जोडेका छन् ।

‘म कनै पार्टीमा छैन । मैले बोले भनेदेखिन यो पनि त्यता लागेछ भन्लान् । तर भनौं एकजना जनजातिको छोरोले आएर मैले भ्रष्टाचार गरे भने मेरो आमाको रगत खाए बराबार हो भनेर जसले यति ठूलो प्रतिज्ञा गरेर देश हाँक्छु भनेका छन् । बा उहीँ हो कि मान्छे जसले यो देशलाई उकास्छ थाहा छैन मलाई तर त्यति अरुले आज सम्म किन बोल्न सकेनन् । मेरो भनाइ त्यति मात्र हो ।’, डा. रिजालले लिङ्देनको उपक्षमा उभिनुको कारण यसरी खुलाएका छन् ।

कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर खाने त के म सडक धोइदिन्छु भनेर एउटा अभिव्यक्ति, एउटा ‘कमिटमेन्ट’ गरेको विषयलाई उनले भ्रष्टाचार गर्दिन भन्ने प्रसंगसँग जोडेका छन् ।

३० वर्षपछि  भएपनि आज मेलम्चीको पानी आउँदैछ भन्ने हामीलाई आशा जस्तै देशमा ढिलो चाँडो भ्रष्टाचार नियन्त्रण हुने डा. रिजालको आशा छ । ‘३० वर्षपछि  भएपनि आज मेलम्चीको पानी आउँदैछ छ हैन त्यस कारण जसले सपनै देख्दैन । जसको भिजननै छैन । जसले आफ्नो केही पनि अरुलाई वाधा गर्दैन भनेदेखि त त्यो मान्छेहरूलाई हामीले पत्याउन पनि हुँदैन ।’, डा. रिजालले भनेका छन् । लिङ्देनलाई पत्याउनु र अरुण पत्याउनुको कारण प्रस्ट पार्दै उनले त्यस्तो धारणा राखेका हुन् ।

राजनीतिक क्षेत्रले आफूहरूलाई डा. रिजाल तिनीहरू आफ्नो टिम लिएर स्वास्थ्य क्षेत्र बनाउ भन्यो भने आफूले मान्छे लिएर यो क्षेत्र बनाउन सक्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन उद्‌घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि लिङ्देन चर्चामा आउन थालेका हुन् । उनको अभिव्यक्तिको चर्को विरोध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए । तर जनताले नेतालाई चोर भन्न थालेको लिङ्देनको अभिव्यक्तिको चर्को प्रतिरोध गर्ने ओलीले पोखरा महानगरपलिकाको मेयरमा सुन चोरलाई टिकट दिएर नेता ‘चोर’ हो भन्ने प्रमाणित गरेका छन् ।

ओलीले पोखरा महानगरको मेयरमा दिपक पौडेललाई टिकट दिएपछि उनले सुन चोरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यता डा. रिजालले पनि लिङ्देनलाई समर्थन गर्नुको कारण उसको अभिव्यक्ति र कमिटमेन्टसँग जोडेका छन् ।

 

क्याटेगोरी : विचार, समाचार
ट्याग : ## भ्रष्टाचार, #कृष्ण प्रसाद भट्टराई, #केपी ओली, #डा.भोला रिजाल, #पुष्पकमल दाहाल प्रचण्ड, #राजेन्द्र लिङ्देन, #समर्थन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com