भ्यू टावर नबनाउने अस्पताल बनाउने कांग्रेसको घोषणा पत्रमाथि ओली क्रुद्ध !


काठमाडौं । भ्यू टावर नबनाउने अस्पताल बनाउने कांग्रेसको घोषणा पत्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्रुद्ध भएका छन् । उनले कांग्रेसको घोषणा पत्रलाई पागलहरुको प्रलाप समेत भन्न भ्याएका छन् । स्थानीय तह निर्वाचन-२०७९ लाई लक्षित गरेर कांग्रेसले ल्याएको घोषणा पत्रप्रति ओली गालीगलौजकै तहमा उत्रिएका छन् ।

ओली र एमालेले नेतृत्व गरेका तीनै तहका सरकारमा भ्यू टावर, स्विमिङ पुल र प्रवेशद्वारमा बजेट दुरूपयोग गरेको विषयमा सार्वजनिक बहस बनेको छ ।  देशैभर भ्यू टावर र प्रवेशद्वार बनाउने लहरै चलेको छ । त्यो विषयमा आम रुपमा चर्को आलोचना भइरहेको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा भ्यू टावर र प्रवेशद्वार बनाउने प्रतिज्ञा गरिएको छ । ओलीले ती लगायतका कुरालाई लिएर कांग्रेसको घोषणा पत्रको आलोचना गरेको देखिन्छ ।

ओलीले भ्यू टावरको विरोध गर्नेलाई विकास विरोधीको संज्ञा दिँदै आएका छन् । कांग्रेसको घोषणा पत्रमा एमालेले गरेको विकासलाई उत्ताउलो विकास भनेको भन्दै उनले आक्रोश पोखेका हुन् । मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा बोल्दै ओलीले कांग्रेसको घोषणा पत्रमा आफ्नो नामनै उल्लेख गरेर आलोचना गरेको भन्दै अक्रोश प्रकट गरेका छन् ।

भ्यू टावरे विकासको विपक्षमा रहेको कांग्रेसको घोषणा पत्रमाथि ओलीले विरोध गर्नुको मुख्य कारण उनले आफ्नो ठाउँमा बनाउँदै गरेको झन्डै ३ अर्ब लागतको भ्यू टावर पनि हो भन्ने चर्चा चल्न थालेको छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, #कांग्रेस घोषणा पत्र, #भ्यू टावर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com