चुरोट, सूर्ति, तास कुरकुरेलगायतका वस्तु विदेशबाट ल्याउन प्रतिबन्ध


काठमाडौं । सरकारले चुरोट, सूर्ति कुरकुरे, लेजजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै कच्चा पदार्थबाहेकका चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । असार मसान्तसम्म लागू हुने गरी स्वास्थ्यका लागि हानिकार मानिएका चुरोट तथा सूर्तिजन्य वस्तु, कच्चा पदार्थबाहेकका सबै प्रकारका तयारी मदिरा, कुरकुरे, लेज र यस्तै उत्पादनहरू आयातमा रोक लगाएको हो ।

त्यस्तै ६ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट, खेल्ने तास, दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएको छ । बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यानहरू सबै प्रकारका खेलौना आयातमा रोक लगाएको हो ।

चुरोट, सूर्ति, तास, मदिरा, कुरकुरे, लेज, गाडी, मोबाइल आयातमा सरकारले रोक लगाएपछि तरंग उत्पन्न भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, प्रदेश
ट्याग : #कुरकुरे, #गाडी, #चुरोट, #तास, #मदिरा, #मोबाइल आयातमा सरकारले रोक, #लेज, #सूर्ति

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com