सयौंको आँखा देखाइदिने रजनी थापाको टोखाको मेयरमा आँखा


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी रजनी थापाको राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै योगदान रहेको छ । उनले सयौंको आँखा देखाइदिने काम गरेकी छिन् ।

थापाको काम रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत सयौं आँखा नदेख्नेहरूलाई आँखा देखाइदिनु हो ।  तिलगंगा आँखा अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर बेला बेलामा सयौं आँखा रोगीहरूलाई उपचार गराउने थापा सक्रिय राजनीतिमा होमिएकी छिन् । उनले आँखाको ज्योति दिने काम समेत गरेकी छिन् । आँखा नदेख्नेहरुलाई आँखाको नयाँ ज्योति दिए जस्तै टोखा नगरपालिका नयाँ ज्योति छर्न आफूले मेयरमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

रजनी फाण्डेशनमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थापाले अहिलेसम्म धेरै आँखा नदेख्नेहरूलाई गुन लगाएकी छिन् । रजनीले चस्मा, र औषधि मात्र बाँड्ने होइन फाउण्डेशनमार्फत आँखाको शल्यक्रिया समेत गरेर धेरैको आँखा र मन जितेकी छिन् । वृद्ध बुवा, आमाको आँखा चम्काइदिन पाएकोमा उनी निकै सन्तुष्ट देखिन्छन् ।

 

रजनीको परिकल्पनाका स्थापना गरिएको रजनी फाउण्डेसनले स्वास्थ्य, शिक्षा, महिला अधिकार र वृद्ध बुवा आमाका लागि काम गर्ने उनको भनाइ छ ।

जीवनको एउटो बाटोमा , एउटा संघर्षमा विभिन्न समस्याहरू फेस गर्दा गर्दै कतिपय कुराहरू चाहेर पनि समाधान गर्न नसक्ने कुरामा केही गर्नुपर्छ आफू जस्तो युवाले भन्ने विचार राखेर रजनी थापा फाउण्डेसन नेपाल खोलेको फाण्डेसनकी संस्थापक रजनीले सुनाइन् । ‘यो फाउण्डेसनले पहिलो कुरा पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म महिलाको हक अधिकारमा काम गर्छ । दोस्रो कुरा बुवा आमाको स्वास्थ्य लगायतका विषयमा काम गर्छ । तेस्रो बालबालिकाको शिक्षामा काम गर्छ ।’, अधिवक्ता समेत रहेकी रजनीले भनिन् ।

महिलाहरुलाई कसरी उद्यमशील बनाउँने, बुवा, आमाहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने भनेर आफूले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताइन् । स्कुले बालबालिकालाई किताब-कापी दिने र विभिन्न विद्यालयमा छात्रवृत्ति उपलब्ध गराउने काम फाउण्डेशनमार्फत गरिरहेको रजनीले जनाइन् ।

रजनी फाउण्डेसनले कोभिड-१९ को समयमा टोखालगायतका क्षेत्रमा मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । रजनी फाउण्डेसनले स्वदेश तथा विदेशमा रहेका विभिन्न संघ, संस्थाहरूसँग मिलेर स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा काम गरिरहेको छ । अहिले फाउण्डेसन विकट क्षेत्रमा गएर सेवा दिइरहेको छ ।

आफूहरूको मुख्य उद्देश्य गाँस, वास, कपास तथा शिक्षा, स्वास्थ्य र रोगजारी सबैले पाउनु पर्‍यो भन्ने रहेको रजनीले बताइन् । आफूहरू काम गर्ने युवा भएको भन्दै उनले आफ्नो क्षमताले भ्याएसम्म यो नारा पूरा गर्न लागिपर्ने स्पष्ट पारिन् ।

‘रजनी फाउण्डेसनमार्फत यस्तो स्कुलको परिकल्पना गरेको छ कि जुन स्कुलमा पढ्न चाहने विद्यार्थीहरुलाई नर्सरीदेखि ‘प्लस टु’सम्म निःशुल्क शिक्षा खाना, खाजा, किताब, लुगासम्म उपलब्ध गराउने अभियानमा छौं ।’, रजनीले अघि थपिन् ।

जेसीआईसँग समेत आवद्ध रजनीले  टोखा नगरपालिकाको मेयरमा निर्वाचित भए यो योजना टोखा नगरपालिकाभित्रको विद्यालयमा नमूना योजनाका रुपमा अगाडि बढाउन सक्ने देखिन्छ । रजनी सचेतना नेपाल फाण्डेसनको सफल नेतृत्व गरेकी रजनीले टोखा नगरपालिकाको सफले नेतृत्व गर्न पाउँछिन् की पाउँदिनन् त्यो भने बैशाख ३० पछि प्रस्ट हुन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आँखा उपचार, #टोखा नगरपालिका, #मेयर, #रजनी थापा, #रजनी सचेतना नेपाल फाउण्डेसन, #समाजसेवा, #स्कुल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com