एपीएफ अस्पताललाई उत्कृष्ट बनाउने राजु अर्याल सशस्त्र प्रहरीको आईजीपी


काठमाडौं । एपीएफ अस्पताललाई उत्कृष्ट बनाउने राजु अर्याल सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई एपीएफको आईजीपी बनाउने निर्णय गरेको हो ।

अर्याल डिआईजी हुँदा महानिरीक्षकको सचिवालयमा बसेर नेपाल एपीएफ अस्पताललाई उत्कृष्ट बनाउने भूमिका खेलेका थिए । कोभिड-१९ संक्रमणको बेला उत्कृष्ट सेवा दिएर अस्पताललाई नयाँ उचाइमा पुर्‍याउन भूमिका खेल्ने कुशल व्यवस्थापक अर्याललाई सरकारले सशस्त्र प्रहरीको नेतृत्व प्रदान गरेको हो । सशस्त्रका आईजीपी पुष्पराम केसीले अवकाश पाएपछि सरकारले उनलाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

एपीएफ अस्पताल, तालीम केन्द्र, गण तथा सशस्त्र प्रहरीको विभिन्न विभागमा बसेर उत्कृष्ट सेवा प्रदान गरेका अर्यालले सशस्त्र प्रहरी बललाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ । यता नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्ले अर्यालसँगै सिंहलाई नयाँ आईजीपी बनाएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #एपीएफ अस्पताल, #नेपाल प्रहरी, #राजु अर्याल, #सशस्त्र प्रहरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com