शिक्षा र स्वास्थ्यका कार्यक्रम नहेरी पार्टीको काममा हिँड्ने मन्त्री मोक्तान कारबाहीमा


काठमाडौं ।  स्वास्थ्य र शिक्षाका कार्यक्रम हेर्न छाडेर पार्टीको काममा हिँडेपछि बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तान कारबाहीमा परेकी छिन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकी मोक्तान निर्वाचन आचारसंहिताविपरीत पार्टीको काम र उम्मेदवारसँग भोट माग्न हिँडेपछि निर्वाचन आयोगले कारबाहीको स्पष्टीकरण सोधेको छ ।  सामाजिक सञ्जालमा हालिएको फोटो र भिडियोको आधारमा आयोगले उनीमाथि स्पष्टीकरण सोधेको हो ।

स्वास्थ्य र शिक्षाका कार्यक्रममा ध्यान दिएर मन्त्रालयको काममा हिँडनु पर्नेमा मन्त्री मोक्तान पार्टी र उम्मेदवारसँग फेला परेपछि निर्वाचन आयोग एक्सनमा उत्रिएको देखिन्छ ।  आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मन्त्रीहरूमाथि कडा निगरानी सुरु गरेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कुमारी मोक्तान, #निर्वाचन आचारसंहिता उल्लंघन, #निर्वाचन आयोग, #सामाजिक विकास मन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com