अनियन्त्रित हुँदै दिल्लीमा कोरोना


काठमाडौं । पछिल्लो ४ सातादेखि भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । अहिले दिल्ली कोरोनाको हटस्पट बनेको छ । अप्रिल २५ देखि मे १ सम्ममा देशमा २२ हजारभन्दा बढी नयाँ बिरामी फेला परेका छन् । यो पहिलो हप्तामा भेटिएका १५ हजार केस भन्दा ४१ प्रतिशत बढी हो।

प्राप्त भएका संक्रमितको संख्या मध्ये दिल्लीका हरियाणा र यूपीमा मात्र ६८ प्रतिशत हुन् । दिल्लीमा संक्रमित दर ७% भन्दा माथि छ। अर्थात् डब्ल्यूएचओको नजरमा यहाँको सङ्क्रमण अनियन्त्रित छ ।

देशका थप दुई राज्य राजस्थान र मध्य प्रदेशमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ । गत हप्ताको तुलनामा राजस्थानमा १५५% र मध्यप्रदेशमा १३२% ले कोरोना केस बढेको छ, जसले नयाँ खतराको सङ्केत गरेको छ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com