स्वास्थ्य अभियानता खड्का काठमाडौं महानगरकाे खुला सदस्य


काठमाडौं । भाेली हुने स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा खुला महिला सदस्यमा द्रोणा खड्काकाे सबै भन्दा बढी चर्चा रहेकाे छ । नेपाली कांग्रेसको तर्फबाट सदस्य पदमा उम्मेदवार   बनेकी खड्काकाे समाज सेवामा राम्रो दखल रहेकाे छ ।

स्वास्थ्य क्षेत्रमा उनले पुर्याएकाे याेगदानकाे मतदाताले चर्चा गर्ने गरेका छन् । विशेष गरि महिलाकाे पाठेघर जाँच, नियमित स्वास्थ शिवरमा खड्काले जाेड दिदै आएकी छिन् ।

खड्काले आफ्नु चुनावी नारा पनि गुणस्तरीय शिक्षा र सर्वसुलभ उपचार आफ्नाे प्राथमिकता रहेकाे बताइन् । सामाजिक सञ्जालको भीडमा काठमाडौंको सभ्यता, संस्कृति, प्रथा, संस्कार र परम्परालाई जगेर्ना गर्ने अठोटका साथ अघि बढेकी छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com