स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी थुनामा राख्ने कानुन सदनमा


काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी थुनामा राख्ने अध्यादेश सदनमा पेश भएको छ । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ सदनमा पेश गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उक्त अध्यादेश आज सदनमा पेश गरेका हुन् । सदनबाट पारित भएपछि यो अध्यादेशले स्थायी कानुनको रुप लिनेछ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायतको पहलमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिनाधरौटी थुनामा राख्ने कानुन ल्याइएको हो ।

यो अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउनेलाई बिनाधरौटी पुर्पक्षमा राख्ने गरी थप सजायको व्यवस्था गरेको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ का साथै मन्त्री खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ पनि संसदमा पेश गरेका छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीले ती दुबै अध्यादेश बैशाख २५ गते गते जारी गरेकी थिइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com