मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा बुढानिलकण्ठको उपमेयरमा निर्वाचित


काठमाडौं । नेपाल मेडिकल काउन्सिलकी पूर्व कर्मचारी अनिता लामा बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छिन् । उनले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा १४ हजार ३ सय १४ मत ल्याएर विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसी रमिला वाग्लेलाई २३ सय ४२ मतअन्तरले पराजित गर्दै लामा उपमेयरका निर्वाचित भएकी छिन् । उनी मेडिकल काउन्सिलको जागिर छाडेर राजनीतिमा होमिएकी हुन् । पहिलो प्रयासमै लामा उपमेयरमा चुनाव जित्न सफल भइन् ।

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा पनि लामाकै पार्टी एमालेका मिठाराम अधिकारी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेलाई २ हजार ७ सय ३८ मतअन्तरले पराजित गरेका हुन् । यसअघि पनि बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेले नै जितेको थियो । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको क्षेत्रमा पर्ने बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसले लगातार हार्दे आएको छ ।

क्याटेगोरी : प्रदेश, विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com