वीपी प्रतिष्ठान सुधारका अभियान्ता हर्क साम्पाङ धरानको मेयरमा निर्वाचित


धरान ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका अभियान्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीलाई पराजित गर्दै साम्पाङ धरानको मेयरका निर्वाचित भएका हुन् । साम्पाङले कांग्रेसका उम्मेद्वार राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै धरान उपमहानगरपालिकाको मेयर चुनिएका छन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राईले १६ हजार ६९ मत ल्याएर पराजित भएका हुन् ।

एमालेको गढ मानिएको धरानमा नेकपा एमालेबाट उम्मेदवार बनेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरेर लजास्पद हार बेहोरेकी छिन् । भण्डारीले ल्याएको मत  साम्पाङकोभन्दा ८ हजार ९९६ कम हो ।

वीपी प्रतिष्ठान सुधारका लागि वीपीका किर्ते प्राध्यापक उपकुलपति ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडिनै धर्ना दिने साम्पाङलाई धराने जनताले मेयरमा चुनेर पठाएका छन् । वीपी प्रतिष्ठानको सञ्चालक परिषद्(सिनेट)को पदेन सदस्य रहने धरानको मेयरमा वीपी धराने जनताले वीपी प्रतिष्ठान सुधारका अभियान्ता साम्पाङलाईनै चुनेर पठाएका छन् । उनले वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति ज्ञानेन्द्र गिरीको बर्खास्त गर्न विशेष भूमिका खेल्ने धरानबासीले ठूलो भरोसा राखेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #धरान उपमहानगरपालिका, #मेयर, #वीपी प्रतिष्ठान सुधारका अभियान्ता, #वीपी प्रतिष्ठानका पदाधिकारी, #हर्क साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com