गोपाल हमालले धनगढीका निजी अस्पतालमा जेष्ठ नागरिकलाई ओपीडी नि:शुल्क गराए


काठमाडौं । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले उपमहानगरपालिकाभित्रका निजी अस्पतालमा जेष्ठ नागरिकलाई ओपीडी जाँच नि:शुल्क गराउने निर्णय गरेका छन् ।

निजी अस्पतालहरुको छाता संगठन नेपाल निजी अस्पताल संघ (अफिन) सँगको सहकार्यका मेयर हमालले  ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई उपमहानगरपालिकाभित्र रहेका निजी अस्पतालमा निःशुल्क ओपीडी जाँच गर्ने व्यवस्था मिलाएका हुन् ।

धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हमाल र निजी अस्पतालबीच जेष्ठ नागरिकलाई ओपीडी जाँच निःशुल्क गर्ने सम्झौता भएको हो ।

त्यस्तै रोगको निदानमा १० प्रतिशत, शल्यक्रियामा १० प्रतिशत, बेड चार्जमा १० प्रतिशत र औषधिका ५ प्रतिशत छुट दिने समेत मेयर हमाल र निजी अस्पतालबीच समझदारी भएको छ ।

त्यस्तै धनगढी उपमहानगरपालिकाभित्र औषधि उपचार परिच पत्र जारी गर्ने  निर्णय समेत भएको छ । औषधि उपचार परिचपत्र धनगढी उपमहानगरपालिकाले व्यवस्था गरी सम्बन्धित वडा कार्यालयमार्फत वितरण गर्ने निर्णय भएको हो ।

 

 

क्याटेगोरी : जीवनशैली, प्रदेश
ट्याग : ##छुट, #अफिन, #गोपी हमाल, #जेष्ठ नागरिक, #धनगढी उपमहानगरपालिका, #निःशुल्क ओपीडी जाँच, #मेयर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com