विश्व वातावरण दिवस

फेवाताल हडप्ने कर्ण शाक्य वातावरण दिवसको अवसरमा माटो जोगाऔँ अभियानमा !


काठमाडौं । स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, प्रदुषण र माटो एकअर्कासँग जोडिएका कुरा हुन् ।

स्वच्छ हावापानी, स्वच्छ वातावरण र स्वस्थ रुपमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो ।  विश्व वातावरण दिवसको अवसरमा यो विषयले बढीनै चर्चा पाउने गरेको छ । नेपालका ताल तलैया नदी, खोला प्रदुषण बनाएर मानव स्वास्थ्य र जीव जन्तुको स्वास्थ्यमा समेत गम्भीर असर पार्ने काम भइरहेको छ ।

यसैबीच आज पर्न गएको विश्व वातावरण दिवसको अवसरमा माटो जोगाऔं अभियानमा फेवाताल हडप्ने कर्ण शाक्यनै वातावरण र माटो जोगाऔँ भनेर गफ चुट्ने तयारीमा छन् । महानायक राजेश हमाल र नेपाल उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष भवानी राणासँगै फेवाताल हडप्ने कर्ण शाक्य माटो जोगाऔँ भन्ने कार्यक्रममा माटोको विषयमा गफ चुट्न लागेको देखिन्छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले शाक्यको रिसोर्टले फेवाताल जग्गा हडपेको निष्कर्ष निकालेको थियो । उनै शाक्य माटो जोगाऔँ भन्ने विषयमा बोलेर मान्छेलाई ‘उल्लु’ बनाउन खोजिरहेका छन् । फेवा तालको रिसोर्ट मात्र होइन शाक्यको काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टले समेत खोला अतिक्रमण गरेको आरोप लाग्दै आएको छ । तर राज्य संयन्त्र उनीसँग नतमस्तक बन्दा शाक्य माटो जोगाऔँ भन्दै ठूलो कुरा गर्न थालेका छन् ।

फेवाताल हडप्ने कर्ण शाक्य वातावरण दिवसको अवसरमा माटो जोगाऔँ भन्दा बैंकर्स अनिल शाह, राजेश हमाल र भवानी राणा मुन्टो हल्लाउने अवस्थामा पुगेका छन् ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com