काठमाडौंको फोहोरबाट संक्रमण फैलिने भनेर हिँडडुल नगर्न सर्कुलर


काठमाडौं । काठमाडौंमा सडकमा थुपारिएका फोहोरबाट संक्रमणको जोखिम देखिएकाले अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको कुरा उठेको छ ।

नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले संसदमा बोल्दै काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौँका सडकना थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको दावी गरे ।

संसदको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको बताए । यसले नेपालको छविमा आँच आएको उनको भनाइ छ ।  फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको आरोप लगाउँदै सांसद श्रेष्ठले अब काठमाडौँवासी चुप लागेर नबस्ने पनि चेतावनी समेत दिए ।

नेपालको अन्तर्राष्ट्रिय छवि, सम्भावित संक्रमणको जोखिम लगायतका विषयमा धारणा राख्दै श्रेष्ठले सरकारमाथि आक्रोश पोखेका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com