थाइल्यान्डको प्रिन्स महिडोल अवार्डका लागि सरुवा रोग अस्पताल सिफारिस


काठमाडौं । थाइल्याण्डको राजपरिवार प्रिन्स महिडोल अवार्ड २०२२ का लागि नेपालबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु सिफारिस भएको छ । थाइ राजकुमारको नाममा स्थापना भएको एक लाख डलर राशीकाे अन्तर्राष्ट्रिय पुरस्कारका लागि नेपालबाट टेकु अस्पताललाई सरकारले सिफारिस गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरोना महामारीको समयमा गरेको कामका आधारमा उक्त अस्पताललाई प्रिन्स महिडोल अवार्डका लागि सिफारिस गरिएको हो ।  अस्पतालका सूचना अधिकारी नवराज गाैतमले पनि मनाेनयन गरेकाे पुष्टि  गरे । उक्त पुरस्कार जनवरी २०२३ मा वितरण हुने छ । अधिकारीहरुले बताए अनुसार  प्रिन्स महिडोल अवार्ड व्यक्ति र संस्थालाई दुई विधामा दिने गरिन्छ ।

कोरोना महामारीको समयमा निजी अस्पतालले गेट बन्द गरेर बिरामी फर्काउदा टेकु अस्पतालले खुला आकाशमुनि पाल टागेर बिरामीको उपचार गरेको थियो । कोरोना अवधिभर अस्पतालमा न्यून मात्रै बिरामीको मृत्यु भएको तथ्यांक छ । उक्त समय धनीदेखि गरिब बिरामीसम्मको रोजाई टेकु अस्पताल थियो ।

परराष्ट्र मन्त्रालयले स्वास्थ्य लाइभलाई दिएको जानकारी अनुसार स्वास्थ्य सचिवस्तरको निर्णयबाट टेकु अस्पताललाई मनोनयन गरेको जानकारी सम्बन्धित देश र त्यहाँ रहेको नेपाली राजदूतावासलाई जानकारी गराईएको छ ।

राज्यको समेत ध्यान नपुगेको टेकु अस्पतालले कोरोना महामारीमा सेवा गरेरै अन्तर्राष्ट्रिय जगतको मन जितेको थियो । यसमा अस्पतालका सबै कर्मचारीहरुको मेहनत मुख्य उपलब्धि रहेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com