‘प्रेमी’को घरमा गएर वितण्डा मच्चाउने स्वास्थ्य राज्यमन्त्री वली फुक्काफाल


काठमाडौं । ‘प्रेमी’को घरमा गएर वितण्डा मच्चाउने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली (खत्री) फुक्काफाल अवस्थामा रहेकी छिन् ।  ‘प्रेमी’ दाबी गर्ने एकराज बस्नेतको घरमा प्रवेश गरेर श्रीमती र छोरीलाई हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी संरक्षण गरेपछि उनी फुक्काफाल भएकी हुन् ।

मेरो एकराज खोई भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर स्वास्थ्य राजमन्त्री वलीले बस्नेतको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । गाउँहरु मिलेर राज्यमन्त्री वलीलाई कालोमसो दल्ने तयारी गरिरहेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको थियो । अभद्र व्यवहार स्वास्थ्य राज्यमन्त्री वलीमाथि मुद्दा चलाउने तयारी रहेको समाचार सार्वजनिक हुँदै गर्दा रातारात उनलाई मुख्यमन्त्री केसीले दाङबाट बुटवल सिकाएका हुन् ।

‘प्रेमी’को घरमा गएर श्रीमती र छोरीमाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्री केसीले विशेष पाहुना बनाएर सरकारी निवासमा राखेका छन् ।  मन्त्री जस्तो जिम्मेवार पदमा बसेर महिला र बालिकामाथि हमला गर्ने वलीलाई मुख्यमन्त्रीले नै संरक्षण गरेपछि यसको चौतर्फी आलोचना भएको छ । अनुचित हर्कत देखाउने वलीलाई मन्त्री पदबाट बर्खास्त गर्नुको साट्टो उल्टै संरक्षण गरेपछि मुख्यमन्त्री केसी विवादमा तानिएका छन् ।

लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री वलीलाई बर्खास्त गर्न सदनमा आवज उठाइरहेको छ । तर बजेट फेल भएर सरकार ढल्ने डरले मुख्यमन्त्री केसी स्वास्थ्य राज्यमन्त्री वलीको संरक्षणमा उत्रिएको देखिन्छ । यसले प्रदेश सरकार र संघीयताको औचित्यमाथि नै प्रश्न उठाएको छ । शक्तिको दुरुपयोग गरेर अभियुक्तलाई जोगाउन मुख्यमन्त्री नै लाग्नुले लुम्बिनी प्रदेश सरकारले दण्डहिनतालाई प्रश्रय दिएको देखिन्छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com