बागमती प्रदेश स्वास्थ्यको बजेटमा निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म


काठमाडौं ।  बागमती प्रदेशको बजेटमा स्वास्थ्यका विषयमा निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्म समेटिएका छन् ।  बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०७९/८० को बजेटमा मिर्गौला रोगीका लागि निःशुल्क डायलासिसदेखि स्तन क्यान्सर स्क्रिनिङसम्मलाई समेटिएको हो । स्वास्थ्यमन्त्री निमा लामा पहलमा बजेटमा यो कुरा समेटिएको हो ।

महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मामोग्राफी मेसिन खरिद गरी निःशुल्क सेवा प्रदान गरिने भएको छ । महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी पाठेघर खस्ने समस्या, अब्सट्रेटिक फिस्टुला लगायतका समस्याहरुको शिविरमार्फत समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गरिने भएको छ ।प्रदेशको बजेटमध्ये स्वास्थ्य मन्त्रालयमा ४ अर्ब ८९ करोड २३ लाख बजेट विनियोजन भएको छ ।

यस्तो छ बागमती प्रदेशको स्वास्थ्यको बजेट

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com