टेकु अस्पतालले आइसियु/भेन्टिलेटर निशुल्क गर्याे, मंकिपक्स र कलेराकाे उपचार पनि नि:शुल्क


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले मंकीपक्स, कलेराकाे उपचार नि:शुल्क गर्ने भएको छ । नेपालमा ‘मंकीपक्स’ शंकास्पद बिरामी भर्ना भएपछि त्यसको निःशुल्क उपचार गर्ने अस्पताल प्रशासनले जनाएको हो ।

आज भर्ना भएका कलेरा(हैजा)का बिरामीको उपचार पनि निःशुल्क गर्ने अस्पतालको भनाइ छ । आइसीयूमा भर्ना भएका २ जना हैजाको गम्भीर बिरामीको सरुवा रोग अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । अस्पतालमा आज मात्र २ जना हैजाका बिरामी भर्ना भएका हुन् । हैजाका बिरामी अझै थपिने अनुमानका साथ सरुवा रोग अस्पतालले कलेरा र मंकीपक्सका बिरामीको निःशुल्क उपचार गर्ने भएको हो ।

सरुवा रोग अस्पताल टेकुमा २४ वटा आइसीयू र २८ वटा भ्यान्टिलेटर रहेका छन् । आइसीयूको दैनिक चार्ज २५ सय भएपनि हैजाका बिरामीका लागि निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।

 

क्याटेगोरी : जीवनशैली, प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com