एक अर्ब बराबरको लागुऔषध हेरोइन बरामद


काठमाडौं । सेतो हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट लागु औषध नियन्त्रण ब्युरोले विशेष सुराकीका आधारमा बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरू सबै जना दक्षिण अफ्रिकाका नागरिक हुन् । उनीहरूबाट प्रहरीले ठूलो मात्रामा लागु औषध हेरोइन बरामद गरेको हो । प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ५१ किलो हेरोइन बरामद भएको छ । ४९ किलो सेतो र दुई किलो खैरो हिरोइन बरामद भएको उनले बताए ।

प्रहरीले ‘क्रिमिनल प्रोफाइलिङ’ गरेको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले ‘अपरेसन ह्वाइट डस्ट’ सञ्चालन ग¥यो । जसबाट सफलता मिलेको छ । ‘विगतमा भएका अनुभवका आधारमा हामीले निगरानी राख्दै आएका थियौं,’ उनले भने,‘त्यसरी हामीले अपरेसन नै सञ्चालन ग¥यौं । त्यसपछि लागुऔषध हेरोइन बरामद भयो । सात जना दक्षिण अफ्रिकी महिला पक्राउ परे ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी ठान्डिकिले, ४६ वर्षीया मुरेल क्वेडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीय साबालाला खान्यिसिलि भोन्नी र ३६ वर्षीया रोजिना नोन्क्ले जान्त्जिइ छन् । यस्तै २९ वर्षीया महलाको मौरिन मथिबा, ३७ वर्षीय मोरोसी सुजान कोफु र ३० वर्षीया मार्लिस बाडेनहोर्स्टलाई पनि पक्राउ गरिएको हो ।

यी महिलाहरू आफ्नो देशमा मार्केटिङ, सामान डेलिभरी गर्ने जस्ता काम गर्दै आएको बुझिएको छ । महिला सहभागी हुँदा सुरक्षाको हिसाबले सजिलो हुने भएकाले यस्तो रणनीति अपनाइएको प्रहरीको अनुमान छ । भिजिट भिसामा काठमाडौं आएको देखिएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेठ २९ गते दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट दुबई हुँदै सिबिसी र मुरेल काठमाडौं आइपुगेका थिए । साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि शंका गरेको थियो ।

सबैलाई प्रहरीले ठमेलको होटलबाट पक्राउ ग¥यो । प्रहरीका अनुसार उनीहरू बस्नको लागि भनेरै अनलाइन बुकिङ गरिएको थियो । गत वर्ष भदौ ३ गते २ र वैशाख ३ गते ब्युरोले केही मानिसलाई पक्राउ गरेको थियो । त्यसैलाई नै आधार बनाएर प्रोफाइलिङ गरेको उनले बताए ।

विश्वमा लागुऔषधको कारोबार धेरै हुन्छ । नेपालको लागि धेरै मात्रा बरामद भए पनि अरूको राष्ट्रको लागि भने यो मात्रा थोरै नै भएको उनले बताए । बरामद भएको हेरोइनको अवैध बजारमा मूल्य एक अर्ब दुई करोड रुपैयाँ रहेको प्रहरीले बताएको छ । एक ग्रामकै २० हजार पर्छ ।

‘बरामद भएको सेतो हेरोइनमा मोर्फिन भन्ने पाइएको छ । यो अफिमबाट बन्छ । यो एकदमै कडा खालको लागुऔषध हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘केही सीमित प्रयोगमै यसको लत बस्छ । शारिरीक तथा मानसिक रूपमा असर पु¥याउँछ ।’

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com