दुर्गा प्रसाईले दुबईका राजकुमारबाट उपहार पाएको ‘सुनको लौरो’ जफत !


काठमाडौं । झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले दुबईका राजकुमारबाट उपहार प्राप्त ‘सुनको लौरो’ जफत हुने सम्भावना छ । नेपाल भ्रमणमा रहेका दुबईका राजकुमार जुमा अल मोक्तुमले व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको सुनको लौरी भन्सार छलीमा समातिने सम्भावना देखिन्छ ।

राजकुमार जुमा अल मोक्तुमले भन्सार छलेर सुनको लौरो ल्याएको अधिकारीहरू बताउँछन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी पुगेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गर्दा सुनको लौरो उपहार पाएका हुन् । प्रसाईंलाई राजकुमारले विमानस्थलमै उपहार पाएको सुनको लौरो भन्सार नतिरी ल्याएको भन्दै आलोचना सुरु भएको छ । यो लौरो जफत हुने भएको हो ।

प्रसाईले सञ्चालन गरेको झापाको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com