यी हुन् काठमाडौं महानगरपालिका मेयर वालेनका स्वास्थ्य नीति


काठमाडौं ।  काठमाडौं महानगरपालिका मेयर वालेन साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगर सभामार्फत सार्वजनिक भएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, संस्कृति र सभ्यतालाई प्राथमिकतमा राखिएको छ ।

यस्ता छन् वालेनका स्वास्थ्य सम्बन्धी नीति

१. स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ।

२. महानगरबासीहरुको स्वास्थ्य सेवा प्रबर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ। शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको ब्यबस्था मिलाइनेछ।

३. महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ। बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।

४. नागरिक आरोग्यता प्रबर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ। क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राबिधिक सहयोग उपलब्ध गराइनेछ।

५. काठमाडौँ उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसंग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्बसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ।

६. महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ।

७. काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ।

८. महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख ब्यवस्थित गरिनेछ।

९. एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ।

१०. आयुर्बेद उपचार पद्धतिलाई प्रबर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिनेछ।

 

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com