काठमाडौं महानगरभित्रका बोर्डिङ स्कुलमा एक चिकित्सक अनिवार्य


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका आवासीय संस्थागत विद्यालय(बोर्डिङ स्कुल) मा कम्तिमा एकजना चिकित्सक अनिवार्य राख्नु पर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रममा बोर्डिङ स्कुलमा कम्तिमा १ जना चिकित्सक राख्नु पर्ने उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाहले नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आवासीय संस्थागत विद्यालयमा कम्तिमा १ जना चिकित्सक र सम्भावित विपद जोखिम न्यूनीकरणका लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइनेछ भन्ने उल्लेख छ ।

त्यस्तै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जांच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि महानगरपालिका सहरी स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com