स्वास्थ्यका विशेष प्याकेजसहित काठमाडौं महानगरपालिकाको बजेट आउँदै


काठमाडौं । काठमाडौं महानगरपालिका मेयर वालेन साहले स्वास्थ्यका विशेेष प्याकेजसहित आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् । नगर सभामा आज हुने बजेट भाषणमा स्वास्थ्य, शिक्षा र संस्कृतिलाई विशेष महत्त्व दिइएको छ ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य, शिक्षा, संस्कृति र सभ्यतालाई प्राथमिकतमा राखिएको थियो ।

७० वर्ष माथिका जेष्ठ नागरिकको घर घरमै गएर स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सेवा प्रबर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने गरी पूर्वाधार तयार पार्ने,  शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँच गर्न पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

महानगरीय अस्पताल स्थापनादेखि आरोग्य केन्द्र प्रवर्द्धनसम्मका कार्यक्रम समेटेर काठमाडौं महानगरपालिकाको बजेट ल्याउने तयारी भइरहेको छ । वरिष्ठ चिकित्सक भगवना कोइरालाको अग्रसरतामा बन्दै गरेको बाल अस्पताललाई अनुदान दिने र क्षेत्रपाटी अस्पतालको स्तरोन्नति गर्नलाई समेत बजेट विनियोजन गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्र स्थयी वसोवास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाउनका लागि पनि आवश्यक बजेट व्यवस्थापन गरेको जनाइएको छ । काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनका लागि पनि बजेटमा समावेश गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com