वीपी प्रतिष्ठानले ह्याकथनको आयोजना गर्दै


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका सरल तर सामान नभइरहेका समस्याहरूको समाधान खोज्ने उदेश्यले एक कार्यक्रम आयोजना गर्न लागेको छ । ‘ह्याकाथन फर हेल्थ केयर’ नाम दिइएको उक्त कार्यक्रमको लागि स्थानीय स्तरमा देखिएका स्वास्थ्य सेवा सम्बन्धी समस्याहरू सरोकारवालाहरू बाटै आह्वान गरिएको हो । प्रतिष्ठानको वेबसाइट https://hackathon.bpkihs.edu/ मार्फत आगामी जुलाई पहिलो हप्तासम्ममा जो कोहीले समस्या पेस गर्न सक्नेछन् । यसको लागी सरोकारवालाहरूले समस्याको प्रकृति  तथा त्यसको सम्भावित समाधान  खुलाउनु पर्ने छ ।

कार्यक्रम आयोजकका अनुसार प्राप्त चुनौतीहरूको अध्ययन गरी अन्तिम सूची प्रकाशन गरिने छ । त्यसपछि उक्त समस्याको निराकरणले लागि ह्याकथनमार्फत सार्वजनिक रूपमा उपाय खोजिने आयोजकको भनाई छ ।  कार्यक्रममा स्वास्थ्यकर्मी, पोलीसी मेकर, ईन्टरप्रेनर, कन्सल्ट्याण्ट, सफ्टवेयर डेभलपर, मेडिकल तथा ईन्जीनियरिङ्ग पढिरहेका विद्यार्थी जो कसैले पनि सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम आगामी जुलाई ३० र ३१ मा काठमाडौंमा सञ्चालन हुने छ ।

ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रममार्फत आयोजना हुन लागेको उक्त कार्यक्रमका आयोजकका अनुसार सहभागीहरूलाई संयुक्त राष्ट्रसङ्घ अन्तर्गत तालिम तथा अनुसन्धान प्रतिष्ठानमार्फत ह्याकथनसम्बन्धी एक दिने अनलाइन बुट क्याम्प आयोजना गरिने छ । यसले ह्याकथनको प्रकृति प्रक्रिया आदीबारेमा सहभागीहरूलाई थप प्रस्ट हुने मौका मिल्ने बताइएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com