भण्डारखाल परिसरमा वृहत्त वृक्षरोपण, स्वास्थ्य पार्क बनाइँदै


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको अगुवाईमा गौशालास्थित भण्डारखाल परिसरमा वृहत्त वृक्षरोपण सम्पन्न भएको छ ।

शनिबार सयौं मानिसहरूको उपस्थितिमा त्यत्तिकै संख्यामा विरुवा रोप्ने काम भएको हो । विजयचोक युवा क्लब, भण्डारखाल बगैंचा ब्याडमिन्टन क्लब र पशुपति विकास कोष डिभिजनल बन कार्यालयको संयुक्त आयोजनामा उक्त वृहत्त वृक्षरोपण कार्यक्रम राखिएको थियो ।

पर्यटनमन्त्री श्रेष्ठको अगुवाईमा उक्त ठाउँमा स्वास्थ्य पार्क बनाउने तयारी भइरहेको छ । भण्डारखाल पार्कको सौन्दयीकरणका र संरक्षणका लागि पर्यटनमन्त्री श्रेष्ठले २० लाख बजेट विनियोजन गरेका छन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com