इनरुवा अस्पताललाई बेहाल पार्ने पूर्व मेयर मेहताले गाडी-टिभी घर लगेको आरोप


काठमाडौं । सुनसरीको सदरमुकामस्थित इनरुवा अस्पताललाई बेहाल पार्ने इनरुवा नगरपालिकाका पूर्व मेयर राजन मेहताले गाडी, मोटरसाइकल टिभीलगायतका सामान घर लगेको आरोप लागेको छ ।

हाल जिल्ला समन्वय समिति सुनसरीको प्रमुखमा निर्वाचत भएका मेहताले लगेको बा १ झ ८८२३ नम्बरकाे सेन्ट्राे कार, ४८ इन्चकाे टेलिभिजन, नागरिक वडापत्रकाे ४८ इन्चकाे एलइडि डिसप्ले नयाँ माेडलकाे साेफा सेट, ल्यापटप २ थान, माेटरसाईकल ३ थान, स्कुटी १ थानलगायतका अन्य सामान लगेको आरोप लागेको हो ।

इनरुवा नगरपालिकाबाट गायब भएको डिजिटल सूचना पाटी

‘भ्वाइस अफ इनरुवा’ले पनि इनरुवा नगरपालिकाका पूर्व मेयर तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख मेहताले आफू पदमा रहँदा घर लगेका उक्त समानहरूको फिर्ता नगरेको उल्लेख गरेको छ । तर जिन्सी शाखा प्रमुख सूर्य नेपालले बाहिर आएजस्तो सबै सामान लगेको कुरा गलत भएको दाबी गरे । टिभी मर्मत गर्न लगेको र मोटरसाइकलका केही सामान फिर्ता आउन बाँकी रहेको स्वीकार्दै उनले यो विषय मेहतालाई जानकारी गराइएको बताए ।

जिल्ला समन्वय समितिको प्रमुख भइसकेपछि पनि सामानहरू फिर्ता नहुनुमा मेहताको बदमासी देखिन्छ । उनको पालामा इनरुवा नगरपालिकाका सबैभन्दा बढी अनियमितता भएको आरोप लाग्दै आएको छ । शिक्षाको कर्मचारीलाई कार्यकारी अधिकार दिएर इनरुवा नगरपालिकामा व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपनि अहिलेसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आँखा परेको छैन ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com