डाटा चोरी हुनेमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा पर्‍यो


काठमाडौं । सरकारी निकायमा भएका विवरण (डाटा) चोरी हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानभित्र परेको छ ।

साईबर सुरक्षासम्बन्धी एक अध्ययनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ५ दर्जन सरकारी निकायका  वेबसाइटबाट नागरिकका वैयक्तिक विवरण चोरी भएको देखाएको छ ।

साईबर सुरक्षाका हिसाबले निकै कमजोर रहका सरकारी निकायसँग रहेको डाटा चोरी भएको खतरनाक रिपोर्ट सार्वजनिक भएको छ । साइबर सेक्युरिटी फर्म भैरव टेक्नोलोजी र साइबर सेक्युरिटी फर्म हड्सन रकले संयुक्त रुपमा गरेको अध्ययनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य बीमा बोर्डलगायतका ५ दर्जन सरकारी निकायबाट ६ हजार बढीको विवरण चोरी भएको खुलासा गरेको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट विवरण चोरी भएको उक्त रिपोर्टमा उल्लेख छ ।

‘नेसनल साइबर सेक्युरिटी थ्रेट रिपोर्ट २०२२’ नामक रिपोर्टले ती सरकार वेबसाइटबाट ६ हजार २७५ प्रयोगकर्ता ‘कम्प्रमाइज’ (लगइन क्रेडेन्सियल चोरी) भएकाे खुलासा गरेको हो । यो अत्यान्तै डरलाग्दो तथ्याङ हो । हाम्रा सरकारी निकायमा रहेका डाटाहरू सुरक्षित छैनन् भन्ने यो रिपोर्टले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १४ जना सेवाग्राही र ४ जना कर्मचारी गरी १८ जना लगइन विवरण चोरी भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालय ह्याकरको निसानामा दोस्रो स्थानमा परेको छ । सबैभन्दा बढी विवरण चोरी हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । त्यस्तै गृह मन्त्रालयबाट १० जना, अर्थ मन्त्रालयबाट ८ जना,  परराष्ट्र मन्त्रालयबाट ६ जनाको लगइन विवरण चोरी भएको खुल्न आएको ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंछि मन्त्रालय, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट समेत विवरण चोरी भएको उल्लेख छ ।

स्वास्थ्य सेवा विभाग, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग,अध्यागमन विभाग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, उद्योग विभाग र राजस्व अनुसन्धान विभागबाट पनि सेवाग्राही र कर्मचारीको लगइन विवरण चोरी भएको पाइएको छ । अदालत, प्रहरी, सेना, पिपिएमओलगायतका संवेदनशील निकाय वेबसाइटबाट समेत लगइन विवरण चोरी भएको नेसनल साइबर सेक्युरिटी थ्रेट रिपोर्ट २०२२ मा उल्लेख छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डाटा चोरी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com