हैजा उपचारको ‘डेडिकेटेड अस्पताल’ पाटनलाई तोकियो


काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ ।

प्रजिअ उपाध्यायले ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्ने बताए ।‘हैजा रोगको रोकथाम तथा नियन्त्रण एवं उपचारका लागि प्रतिकार्य योजना बनाउने क्रममा हामीले सरोकारवाला सबै पक्षलाई एकै ठाउमा राखेर पाटन अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा प्रयोग गर्न पाउने गरी निर्णय गरेका छौं,’ प्रजिअ उपाध्यायले भने, ‘कसैमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने निर्धक्क अस्पतालमा आएर उपचार गर्नुहोस्स कुनै समस्या परेमा हामी आवश्यक समन्वय गर्छौं ।’

प्रजिअ उपाध्यायले पानीका मुहान सफा गर्न स्थानीय तहलाई प्रभावकारी पहल लिन भनिएको बताए । त्यस्तै पानीका मुहानमै उपकरणले परीक्षण गरेर मात्रै ट्यांकरमा हाल्न ट्यांकर व्यवसायीलाई निर्देशन दिइएको छस त्यसका लागि हरेक तीन तीन दिनमा प्रशासन र जनस्वास्थ्य कार्यालयबाट अनुगमन गरिने पनि प्रजिअ उपाध्यायले बताए ।

 

प्रकाशित स्

क्याटेगोरी : विविध
ट्याग : ## जिल्ला प्रशासन कार्यालय, #पाटन अस्पताल, #हैजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com