काठमाडौं उर्फ ‘फोहोरमाडौं’, ‘हैजामाडौं’ !


काठमाडौं । हैजाले काठमाडौं उपत्यकामा महामारीको रूप लिने खतरा बढेको छ । दिनप्रतिदिन हैजाका बिरामीको संख्या थपिन थालेको छ । महामारी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कले काठमाडौंमा एक दर्जन मानिसमा हैजा फेला परेको जनाएको छ ।

महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार काठमाडौंको ८  ठाउँमा हैजा संक्रमण फेला परिसकेको छ । डिल्लीबजार, बागबजार डिल्लीबजार, कपन, बल्खु, थानकोट, बालाजु, बोहोराटार र नैकापमा हैजाको संक्रमण फेला परेको हो ।

ललितपुरको सानेपामा हैजाको संक्रमण फेला पर्नेवित्तिकै ललितपुर महानगरपालिकाले पानीपुरी-चटपटे बेच्न कडाइ थालेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर मात्र पानीपुरी-चटपटे बेच्न ललितपुर महानगरको उर्दी छ । काठमाडौं महानगरपालिकाले पनि हैजाको संक्रमण फैलन नदिन सक्रियता देखाएको छ ।

जिल्ला प्रशासन कार्यालय पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हैजाका बिरामीको निःशुल्क उपचार गरिरहेको छ । यो अवस्था हेर्दा कोरोनाबाट बामे सर्न लागेको काठमाडौं उपत्यकालाई हैजाले थल्याउने देखिन्छ । काठमाडौं उपत्यकाको फोहोर बेलैमा नउठ्दा काठमाडौं फोहोरमाडौं, हैजामाडौं हुने अवस्थामा पुगेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com