विरोधले १२ बजे भवानीलाई स्वास्थ्यमन्त्रीको कुर्सी हस्तान्तरण गर्ने


काठमाडौं । स्वास्थ्यमन्त्रीको हैसियतबाट बिदाई हुन लागेका विरोध खतिवडाले १२ बजे भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्रीको कुर्सी हस्तान्तरण गर्ने भएका छन् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङ ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खाएर रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा कार्यभार सम्हाल्न जानेछन् । स्वास्थ्य मन्त्रालयले पदच्यूत भएका खतिवडाको बिदाई र नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीको स्वास्थ्य कार्यक्रम एउटै मञ्चमा राखेको छ ।

निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरेर बिदाई हुनेछन् ।  १२ः ०५ बजे स्वास्थ्य मन्त्रालयको सभाकक्ष स्वागत र बिदाई कार्यक्रम राखिएको मन्त्रालयले जनाकारी दिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #भवानीप्रसाद खापुङ, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हिराचन्द्र केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com