स्वास्थ्यमन्त्रीको कुर्सी देख्ने खापुङको भाँच्चिएको त्यो चश्मा !


काठमाडौं । पदभार ग्रहण गर्दै गर्दा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङको भाँच्चिएको चश्माले निकै खासखुस चलेको थियो ।

स्वास्थ्य राज्यमन्त्रीको पदभार ग्रहण गर्न स्वास्थ्य मन्त्रालय पुगेका खापुङको चश्मा भाँचिएको देखेपछि कार्यकक्षमै कर्मचारीहरूबीच खासखुस चल्यो । मन्त्री खाने हतारोले उनले भाँच्चिएको चश्मानै लगाएर हिंडेको प्रसंग पनि चल्यो तर त्यो चश्मा निकै गतिलो रहेको प्रमाणित भयो ।

स्वास्थ्य राज्यमन्त्री खापुङले भाँच्चिएको त्यो चश्माबाट स्वास्थ्यमन्त्रीको कुर्सी देखेको ‘खुल्न’ आएको छ ! स्वास्थ्य मन्त्रालयमा निकै चर्चामा रहेको खापुङको भाँच्चिएको त्यो चश्मा स्वास्थ्यमन्त्रीको कुर्सी देख्ने खालको रहेछ भन्ने अर्को व्यंग्य सुरु भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com