स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय: ग्लोवल फण्डको कार्यक्रम सरकार आफैंले चलाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने


काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । रामशाहपथस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खापुङले फाइलमा हस्ताक्षर गर्दै निर्णय समेत गरेका छन्।

स्वास्थ्यमन्त्री खापुङले पहिलो निर्णयका रुपमा ग्लोवल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने फाइलमा हस्ताक्षर गरेका हुन्। सन् २०२४ देखि ग्लोवल फण्डको कार्यक्रम स्वास्थ्य मन्त्रालयमा नै सचिवालय बनाएर सञ्चालन गर्ने प्रस्ताव उक्त फाइलमा रहेको बताइएको छ।

ग्लोवल नेपालमा खासगरी एचआईभी, क्षयरोग, औलोका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। हाल ग्लोवल फण्डको कार्यक्रमहरु सेभ द चिल्ड्रेनले सञ्चालन गर्दै आइरहेको छ।

 

क्याटेगोरी : विविध
ट्याग : ##ग्लोबल फण्ड, #सेभ द चिल्ड्रेन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com